Swasthya Awaj
करोडौंका मेसिन थन्काएर अर्को मेसिन ल्याउन लागेको भन्दै रेडक्रसविरुद्द अख्तियारमा उजुरी

काठमाडौं: नेपाल रेडक्रस सोसाइटीले करोडौंका मेसिन थन्काएर अर्को मेसिन ल्याउन लागेको भन्दै  खख्तियारमा उजुरी परेको छ। वेभ ट्रेडिङ कन्सर्नले अख्तियार दुई करोडको मेसिन थन्क्याएर अर्को मेसिन ल्याउन लागेको भन्दै  खख्तियारमा उजुरी दिएको छ।

रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले नेपाल रेडक्रसलाई उपलब्ध गराएको दुई वटा किलिया मेसिनलाई थन्काउँदै रेडक्रसले व्यापारिसँगको सेटिङमा त्यस्तै खालको अर्को मेसिन ल्याउन लागेको उजुरीमा उल्लेख छ। 

आइएफआरसीले रेडक्रसलाई दुई करोड २० लाख रुपैयाँमा खरिद गरेका रगत जाँच गर्ने दुई वटा किलिया मेसिन उपलब्ध गराएको थियो। उक्त मेसिनबाट केही समय रेडक्रसले रगत जाँच गरेको पनि थियो। तर हाल आएर ती दुवै मेसिन रेडक्रसले थन्काएर राखेको छ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update