Swasthya Awaj
प्रोत्साहन भत्ता नपाए ‘इमर्जेन्सी’ बाहेकका सेवा बन्द गर्ने चिकित्सकहरूको चेतावनी

डडेलधुरा: डडेलधुरा अस्पतालका २५ जना चिकित्सकले प्रोत्साहन भत्ता नदिइए ‘इमर्जेन्सी’ बाहेकका सेवा अवरुद्ध गर्ने चेतावनी दिएका छन् । बुधबार अस्पताल प्रमुखलाई पत्र लेख्दै २४ घण्टे चेतावानी दिएका हुन् । डडेल्धुरा अस्पतालमा कार्यरत २५ जना चिकित्सकले पत्र लेख्दै चेतावनी दिएका हुन् ।

असार २७ गतेसम्ममा पनि प्रोत्साहन भत्ता नदिइए आफूहरूले ‘इमेर्जेन्सी’ बाहेकका सेवा प्रदान नगर्ने बताएका हुन् । ‘विगत एक वर्षदेखि दिनरात नभनी काममा खटिदै बिरामीलाई सेवा दिँदै आइरहेका हामी चिकित्सकहरूको मनोबलमा ठूलो असर पुगेको छ’, पत्रमा भनिएको छ, ‘२७ गतेसम्ममा प्रोत्साहन भत्ता नदिइएको खण्डमा अथवा त्यसको विकल्पमा अस्पताल विकास समितिबाट अन्य व्यवस्था नभएको खण्डमा २८ गतेदेखि इमर्जेन्सी सेवा बाहेक अन्य सबै सेवामा सरिक हुन नसक्ने जानकारी गराउँछौँ ।’
विगत वर्षहरूमा चिकित्सकहरूले प्रोत्साहन भत्ता पाइरहेको पत्रमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा बजेट छुट्याइए पनि आर्थिक वर्ष सकिन लाग्दा समेत उक्त भत्ता आफूहरूले नपाएको उनीहरूको गुनासो छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update