Swasthya Awaj
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको गुणस्तरमा सम्झौता हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको गुणस्तरमा कुनै किसिमको सम्झौता हुन नहुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभयो । चिकित्सा शिक्षा आयोगको १३औँ बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चिकित्सा आयोगले गुणस्तरी जनशक्ति निर्माणमा उल्लेखनीय कार्य गर्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय स्तरका  चिकित्सा जनशक्ति निर्माण गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । ‘मुलुकको वस्तुगत आवश्यकतामा आधारित गुणस्तरीय चिकित्सा जनशक्ति उत्पादनमा कोशेढुङ्गा सावित हुने गरी आयोगबाट कार्यसम्पादन हुँदै जानेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु’, आयोगको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले भन्नुभयो ।

त्यस्तै विदेशी विद्यार्थीलाई पनि चिकित्सा क्षेत्रमा अध्ययनका आकर्षण गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले शैक्षिक क्यालेण्डरलाई प्रभावकारी तवरले कार्यान्वयन गर्न निर्देशन दिनुभयो । नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान निर्देशन दिनुभयो । 

‘वार्षिक शैक्षिक क्यालेण्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहानीय कार्य हो,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘शैक्षिक क्यालेण्डरको कार्यान्वयन गर्न सबैलाई विशेष आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update