Swasthya Awaj
स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गर्‍यो सुविधा थैलीमा परिमार्जित गरिएको नयाँ दररेट (सूचीसहित)

काठमाडौँ: स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरुको परिमार्जित गरेको नयाँ विवरण तथा दर रेट सार्वजनिक गरेको छ । बोर्डले यो नयाँ दररेट आगामी १ साउन देखि लागू हुने बताएको छ ।

यसअघि गत २० बैशाखमा बसेको बोर्डको बैठकले परिमार्जन सहित दररेट लागू गर्ने निर्णय गरेको थियो । तर नयाँ दररेट सार्वजनिक भने २५ असार (हिजो) मात्रै गरियो ।

बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले लामो समय देखि एउटै दररेटमा उपलव्ध सेवालाई समयानुकुल परिमार्जन गरिएको बताए । उनले यसपटक परिमार्जित दररेट तथा सुविधाहरुलाई प्याकेजबाट टुक्रयाइएको भन्दै वीमित र सेवा प्रदायकलाई समेत सजिलो हुने अपेक्षा रहेको बताए ।

परिमार्जित दर रेटमा ओपिडी टिकट ५० रुपैयाँ तोकिएको छ । जनरल बेडचार्ज प्रतिदिन २५० राखिएको छ । सबैभन्दा बढी केही रोगहरुको सर्जरीमा ७० हजार रुपैयाँ सम्म शुल्क तोकिएको छ । स्वास्थ्य बीमामा १ हजार २९० प्रकारका औषधिहरुको शुल्क तोकिएको छ ।

मल्लले यसपटक कतिपय सेवाहरु तोकिएको अवधीमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था गरिएको बताए । ‘केही सेवाहरु वीमितले जुन बेला मन लाग्यो त्यहि बेला गर्न पाइन्थ्यो । अब क्यापिङ नम्बर भएपछि तोकिएको समयमा मात्रै त्यो सेवा लिन पाइन्छ,’ उनले भने ।

हेरौँ १ साउन २०८१ देखि लागू हुने भनिएको परिमार्जित दररेट

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update