आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यको ७२ प्रतिशत खर्च, पुँजीगत ६३ प्रतिशत
काठमाडौं: आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारले स्वास्थ्यतर्फ बिनियोजन गरेको बजेको ७२ प्रतिशत बजेट खर्च भएको पाइएको छ । गत वर्ष संघीय सरकारले स्वास्थ्यतर्फ ५० अर्ब ४९ करोड ४१ लाख ७ हजार रुपैयाँ (रकमान्तरबाट थप १ अर्बसहित) विनियोजन गरेको थियो ।
सो बजेटमध्ये ३६ अर्ब ७५ करोड ८ लाख ९५ हजार रुपैयाँ खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वर्ष चालुतर्फ ३५ अर्ब ७ करोड १२ लाख ४६ हजार रुपैयाँ छुट्याएकोमा २७ अर्ब १ करोड ९६ लाख ४९ हजार रुपैयाँ खर्च भएको हो ।
जुन खर्च ७७ प्रतिशत हुन आउँछ । त्यसैगरी, पुँजीगततर्फ १५ अर्ब ४२ करोड २८ लाख ६० हजार रुपैयाँ छुट्याइएकोमा ९ अर्ब ७३ करोड १२ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ । जुन पुँजीगततर्फ छुट्याइएकोमध्ये ६३ प्रतिशत हो ।
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१ १४:१८
प्रतिक्रिया दिनुहोस्