प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ सांसदको विश्वास
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन्। प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे। विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रह्यो। संसदमा आइतबार २६३ जना उपस्थित थिए।
नेपाली कांग्रेससँगको सहमतिपछि असार २८ गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री ओलीले आइतबार मत लिएका हुन्। अर्को बैठक भोलि बस्ने गरी सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरेका छन्।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १४:१९
प्रतिक्रिया दिनुहोस्