निरोगी नेपाल यो सरकारको मुख्य स्वास्थ्य नीति हुनेछ : प्रधानमन्त्री ओली
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुने बताएका छन् । प्रतिनिधि सभामा आज विश्वासको मत लिने क्रममा उनले सरकारको पाँच प्राथमिकता सार्वजनिक गर्ने क्रममा सो कुरा बताएका हुन् ।
सो क्रममा उनले निरोगी नेपाल बनाउन निरोधात्मक र प्रतिरोधात्मक दुबै पद्धती अवलम्बन गरिने बताए । ‘गर्भवती महिला जेष्ठ नागरिक फरक क्षमता भएका नागरिक, वेसाहारा नागरिकको स्वास्थ्योपचार तथा पालन पोषणको जिम्मा सरकारले लिनेछ,’ संसद बैठकमा उनले भने ।
ओली गत ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। अहिले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफल भइरहेको छ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १५:२५
प्रतिक्रिया दिनुहोस्