Swasthya Awaj
कर्णालीलाई दुर्गम भन्न छाडे मात्रै डाक्टर पठाउन सजिलो हुन्छ : स्वास्थ्य सचिव पोखरेल

काठमाण्डौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले कर्णालीलाई सधैँ दुर्गम भनिरहन नमिल्ने बताए । सोमबार काठमाडौंमा आयोजित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाठ्यक्रम निर्माण कार्याशाला कार्यक्रममा बोल्दै सचिव पोखरेलले यस्तो धारणा राखेका हुन् ।

कर्णाली त्यसमा पनि जुम्ला कुनै कोणबाट पनि दुर्गम भन्न नमिल्ने डा.पोखरेलको दावी छ । 'बाटो दुर्गम हो तर त्यहाँ पुगिसकेपछि सुगमै जस्तो फिल हुन्छ’ डा.पोखरेलले भने, ‘जे पनि पाइन्छ नपाइने केही छ्रैन । त्यसैले अब पुरानै कुरा भन्न पाइएन । त्यत्रो ३०० बेडको अस्पताल सञ्चालन गर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने अनि अझै दुर्गम भन्न पाइएन ।’

कर्णाली  दुर्गम भन्ने भाष्य परिर्वन गर्‍यो भने मात्रै डाक्टर पठाउन सजिलो हुने डा.पोखरेलले बताए । कर्णाली दुर्गम हो भन्ने धारणा बनाइ राखे डाक्टर जानै नमान्ने उनको भनाइ छ । कर्णालीमा आवश्यक पर्ने विषवस्तु नछुटाइकन पाठ्यक्रम विकास गर्नसक्नु पर्ने पोखरेलले बताए । स्नातकोत्तर तह(पिजी)को पाठ्यक्रममा विषयमा छलफल, बहस गरिने यो कार्यक्रम आज र भोलि चल्नेछ । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update