काठमाडौं: प्रतिनिधी सभामा डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । मंगलबार नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले डेंगी रोकथाम तथा नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् ।
डेंगी नामको संक्रामक रोगको बढ्दो प्रकोपले स्वास्थ्य तथा जनस्वास्थ्यको क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको प्रस्ताव उल्लेख छ । कांग्रेसकै सांसदहरू सीता मिजार, कुसुमदेवी थापा, सपना राजभण्डारी र लीलादेवी बोखिम समर्थक रहेको उक्त प्रस्तावमा पछिल्ला ६ महिनामा ७३ फैलिएको र १ हजार ४३२ जना डेंगीको संक्रमण भइसकेको उल्लेख छ ।
प्रतिनिधी सभा नियमावली २०७९ को नियम ७१ बमोजिम दर्ता भएको उक्त प्रस्तावमा साउन, भदौ र असोजमा बढी प्रभाव रहने भएकाले अबका तीन महिना झन कठिन हुने जनाइएको छ । प्रस्तावमा तत्काल सचेतना अभिवृद्धि, लामखुट्टे नियन्त्रण कार्यक्रमको सुदृढीकरण, स्वास्थ्य सेवा प्रणाली र पूर्वाधारको सुदृढीकरण, अनुसन्धान र विकास र नीति निर्माण कामहरु गर्नुपर्ने उल्लेख छ ।
यस्तो छ प्रस्ताव