Swasthya Awaj
विमान दुर्घटनाः छिटो शव परीक्षण गरी परिवारलाई हस्तान्तरण गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन्।

आज महाराजगन्जस्थित त्रिवि चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन्।

 

दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे।

‘अस्पतालका अनुसार डिएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ,’ उनले भने, ‘शव हस्तान्तरणमा सहजीकरण गरिदिनुहोला।’ उनले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update