Swasthya Awaj
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा शिवराज अधिकारी नियुक्त

काठमाडौँ: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा शिबराज अधिकारीलाई नियुक्त गरेृको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रा.डा अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारी यसअघि योजना आयोगका सदस्य थिए, । स्वास्थ्य अर्थशास्त्रीको रुपमा समेत चिनिएका अधिकारीले यस अघि शिक्षा र स्वास्थ्य हेर्ने जिम्मेवारी पाएका थिए ।

पाल्पाका अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि उनले जिम्मेवारी सम्हालिसकेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बिहिबारको बैठकले आयोगका सदस्यहरुमा  डा. आरपी बिच्छा, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

सोही बैठकले कामु मुख्य सचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको इतिहासमै गड्तौला मुख्य सचिव बन्ने पहिलो महिला हुन् ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update