Swasthya Awaj
ललितपुरको इमाडोलमा पनि देखियो दुई जनामा हैजा, कुल संक्रमितको संख्या २२ पुग्यो, सबैलाई सचेत रहन बिज्ञको सुझाव

काठमाडौँः पछिल्लो चौबिस घण्टा काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा केश पुष्टी भएको छ । पछिल्ला दुईवटा केश ललितपुर इमाडोलको हो । यो संगै साउन यता हैजाबाट संक्रमित हुनेको संख्या २२ पुगेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो पटक ललितपुरको इमाडोलमा देखिएको दुईवटा केश नयाँ ठाउँ हो । यसअघि ललितपुरको गोदावरी क्षेत्रमा १२ जनामा संक्रमण देखा परेको थियो । यस्तै काठमाडौँको कालिमाटी क्षेत्रका एक जना र कैलालीको धनगढी क्षेत्रका ७ जनामा संक्रमण देखिएको थियो ।

इडिसिडीका निर्देशक डा यदुचन्द्र घिमिरेले संक्रमित संख्या बढ्दै गएको भन्दै थप सतर्कता अपनाउन आग्रह गरे । उनले संक्रमण देखिएको क्षेत्रमा पानी परीक्षण तथा हैजाको जीवाणुको स्रोत के हो भनेर खोजी गर्ने काम भइरहेको बताए ।

यस वर्ष साउन लागे संगै हैजाको प्रकोप देखिएको र यो क्रम बढ्न सक्ने भन्दै विज्ञहरुले सचेत रहन सुझाव दिएका छन् ।

उमालेको पानी पिउने, बासी सडे गलेको खानेकुरा नखाने । झाडापखाला लागेमा तत्काल स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको सम्पर्कमा जान समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update