Swasthya Awaj
कटारी अस्पताललाई ५० शैयामा स्तरोन्नती, कोशी प्रदेश सरकारलाई हस्तानतरण गर्न संघीय सरकारद्धारा स्वीकृती प्रदान

उदयपुर: उदयपुरको कटारी नगरपालिकामा सञ्चालित नगर अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्न मन्त्रिपरिषद बैठकले स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । स्तरोन्नति पश्चात कोशी प्रदेश सरकारलाई हस्तानतरण गर्नको लागि संघीय सरकारले स्वीकृती प्रदान गरेको छ । 

५० शैय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नती भई प्रदेश सरकारलाई संघीय सरकारबाट हस्तान्तरणको लागि स्वीकृत प्रदान भएर आएकोले यस क्षेत्रका बिरामीलाई उपचारमा सहज हुने सो क्षेत्रका प्रदेश सांसद तथा निवर्तमान कृषि, उद्योग तथा सहकारीमन्त्री रामकुमार खत्रीले बताए । 

सेवा विस्तार गरी आम नागरिकले स्वास्थ्य सेवा घर नजिकको अस्पतालमा पाउन सके केही हदसम्म राम्रो हुन्थ्यो भन्ने लागेर कटारी अस्पताललाई प्रादेशिक बनाउन लागि परेको उनले बताए । प्रादेशिक अस्पताल भएपछि कटारीवासीका लागि मात्र सेवा लिने अस्पताल नभई छिमेकी जिल्लाहरु सिन्धुली, सोलुखुम्बुु, ओखलढुंगा र खोटाङका आधा भू—भाग र सिराहासम्मका स्थानीयले सेवा लिन पाउनेछन् । अस्पताल संचालनको लागि आर्थिक दायित्व र कर्मचारी व्यवस्थापन भने प्रदेश सरकारले व्यहोर्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update