Swasthya Awaj
कण्डम र लुब्रिकेन्टमा पाइन थाल्यो हानिकारक रसायनः क्यान्सर र बाँझोपनको जोखिम बढ्न सक्ने: अध्ययन

काठमाडौँ: सुरक्षित यौनसम्पर्कका लागि मानिसहरु प्रायः कण्डम र लुब्रिकेन्टको प्रयोग गर्छन् । जुन राम्रो बानी हो । यसले यौन संचारित रोगहरू (एसटिडी) का साथै एचआइभी जस्ता अन्य यौन रोगहरूको जोखिम पनि कम गर्छ ।ल्युब्रिकेन्ट वा ल्युबको प्रयोग सेक्सको समयमा जलन र घर्षण कम गर्न प्रयोग गरिन्छ । कन्डम र ल्युब्स प्रयोग गर्ने मानिसहरूलाई क्यान्सर र बाँझोपन जस्ता समस्याहरू हुन सक्ने अध्ययनले देखाएको छ ।

हानिकारक रसायन
भर्खरै, पर्यावरण संरक्षण एजेन्सीद्वारा गरिएको एक अध्ययनमा राम्रा एवं चर्चित ब्राण्डका कण्डम र लुब्रिकेन्टका उत्पादनमा हानिकारक रसायन प्रयोग हुने गरेको पाइएको छ । अध्ययनका अनुसार कण्डम र लुब्रिकेन्ट बनाउन पीएफएएस (१५ हजार सिंथेटिक रसायनहरूको समूह) प्रयोग गरिएको छ ।

 

यी रसायन धेरै ब्रान्डका अल्ट्राथिन कन्डम र जेली लुब्रिकेन्टहरूमा पाइने पुष्टि भएको छ । सामान्यतया कन्डममा नमी र तरलता कायम राख्न पीएफएएस प्रयोग गरिन्छ ।

पीएफएएसः क्यान्सरको कारण
पीएफएएसको सम्पर्कले क्यान्सरको जोखिम बढाउन सक्ने विभिन्न अध्ययनले पहिले नै प्रमाणित गरिसकेको छ । यसले कहिलेकाहीँ अण्डकोषको क्यान्सरका साथै मिर्गौलाको क्यान्सर पनि निम्त्याउन सक्छ । यसको अत्याधिक प्रयोगले बाँझोपन सम्बन्धी समस्या पनि निम्त्याउन सक्ने अध्ययनले देखाएको छ ।

यस रसायनको एक्सपोजरले प्रोस्टेट क्यान्सरका साथै स्तन क्यान्सरको जोखिम बढाउन सक्ने अध्ययनले देखाएको छ । इन्डोमेट्रियल क्यान्सर बाहेक, यसले थाइरोइड क्यान्सर पनि निम्त्याउन सक्छ ।

पीएफएएसबाट हुने अन्य हानी
यस रसायनको एक्सपोजरले प्रोस्टेट क्यान्सरका साथै स्तन क्यान्सरको जोखिम बढाउँछ । यी रसायनको सम्पर्कमा आए पुरुष मात्र होइन महिलाको शरीरलाई पनि हानि पुर्याउछ ।

विज्ञहरूका अनुसार पीएफएएसको एक्सपोजरले शुक्राणुको संख्यालाई असर गर्छ । जसले बाँझोपन निम्त्याउन सक्छ ।
पीएफएएसको एक्सपोजरले कलेजो क्षतिको साथै थाइराइडको समस्याहरू निम्त्याउन सक्छ ।


यो केमिकलले कहिलेकाहीँ रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउनुका साथै अन्य समस्या पनि निम्त्याउन सक्छ । एजेन्सी

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update