काठमाण्डौः डेण्टल एसोसिएसन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बीच भएको सहमति अनुसार डेण्टल कार्यक्रम तर्फको नतिजा प्रवेश परीक्षाको नतिजा रोकिने भएको छ ।
डिप्लोमा इन डेन्टल हाइजिन कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाहरु अनुगमन गरी रिपोर्ट नआएसम्म प्रवेश परीक्षाको नतिजो रोकिएको हो । सीटीइभीटी बागमती प्रदेश कार्यालय आज सूचना जारी गरी भोलि हुने परीक्षाको डेण्टलतर्फको नतिजा अर्को सूचना नभएसम्मका लागि स्थगन गर्न भनिएको छ । उत्तर पुस्तिका प्रहरी कार्यालयमा सुरक्षित राख्न पनि भनिएको छ ।
बिहीबार नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसन र नेपाल डेण्टल हाइजेनिस्ट एसोसिएसनसँग सीटीइभीटीले ७ बुँदे सहमति गरेको थियो ।
सहमतिको पहिलो बुँदामा नै डेण्टल कलेजहरुको पूर्वाधार लगायतका विषयमा अध्ययन गर्न विज्ञहरुको अनुगमन टोली गठन गर्ने सहमति भएको छ । उक्त टोलीले ७ दिनभित्र प्रतिवेदन तयार गर्ने पनि सहमति गरिएको छ ।
दुई डेण्टल एसोसिएसन र सीटीइभीटीबीच ७ बुँदे सहमति
अनुगमनको प्रतिवेदनपछि मात्रै नयाँ भर्ना गरिने सहमति पनि भएको थियो । सोही सहमति अनुसार सीटीइभीटीले डेण्टलतर्फको प्रवेश परीक्षाको नतिजा स्थगित गर्ने निर्णय गरेको हो ।