काठमाण्डौः काजमा रहेका शाखा अधिकृत शोभित रिजाललाई अन्यत्र सरुवा गरि पठाउने सहमति गरेपछि पेनडाउन गरी आन्दोलनमा उत्रिएका कर्मचारी काममा फर्किका छन्। बोर्डका अध्यक्ष कार्यकारी निर्देशक डा.दामोदर बसौला उपत्यका बाहिर छन्। अध्यक्ष डा.गुणराज लोहनीले कर्मचारीसँग छलफल गरी समस्या समाधान गरेका हुन्।
कर्मचारीको माग अनुसार नै गरी आज बिहानै समस्या समाधान गरिएको लोहनीले जानकारी दिए। त्यो हामीले आज मिलाइसक्यौँ, उहाँहरुको मागअनुसार नै गरेर मिलाएका छौँ’ लोहनीले भने। उनलाई सरुवा गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको बोर्डका एक कर्मचारीले बताए। स्वास्थ्य मन्त्रालयबाट काजमा स्वास्थ्य बीमा बोर्डमा खटिएका शाखा अधिकृत रिजालको गतिविधि विरुद्ध कर्मचारीहरु आन्दोलति भएका थिए।
रिजालले कर्मचारीलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्षभित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने जस्ता हर्कत गरेको आरोप अन्य कर्मचारीहरुको छ। जिम्मेवारी बाहेक जुनसुकै विभागमा हस्तक्षेप गर्ने, उनको मात्रै कुरा सुन्नुपर्ने, आफू मात्रै जान्नेसुन्ने पल्टने, तिमीहरू करारको कर्मचारी हो जागिर खाइदिन्छु भन्दै थर्काउने गरेको गुनासो उनीहरुको थियो।
यही विषयमा ध्यानाकर्षण गराउँदै कर्मचारीहरुले साउन ४ गते कार्यकारी निर्देशकलाई पत्र पठाएका थिए । १५ दिनसम्म पनि माग पूरा नभएको भन्दै बोर्डका कर्मचारीहरुले आइतबारबाट पेन डाउन गरी काम रोकेका थिए।
यो पनि पढ्नुहोस ।
स्वास्थ्य बीमा बोर्डमा काजमा आएका शाखा अधिकृत रिजाललाई हटाउन माग गर्दै स्वास्थ्य बीमा बोर्डका कर्मचारीले गरे पेनडाउन ।