Swasthya Awaj
फैलिरहेको डेंगुलाई मध्यनजर गर्दै सरकारद्धारा  ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोडभन्दा बढी रकम विनियोजन

काठमाडौँः सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियानका लागि ७ करोड ९८ लाख रकम विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार स्थानीय तह मार्फत बहु–निकायको सहकार्यमा खोज तथा नष्ट अभियानलाई सञ्चालन गर्न चालु आर्थिक वर्षका लागि स्थानीय तहमा ७ करोड ९८ लाख रकम विनियोजन गरिएको हो । 

साथै ७७ वटै जिल्लामा करिब २ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । सरकारी पछिल्लो तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला बाहेक ७३ वटा जिल्लाका २ हजार ६१ जनामा डेंगु सङ्क्रमण देखिएको हो । तर हाल सम्म सङ्क्रमण फैलिए पनि डेंगुका कारणले निधन भएको छैन ।

डेंगु नियन्त्रणका लागि सरकारले ‘लामखुट्टेको बासस्थान खोजी नष्ट’ अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्न कार्य गर्दै आएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update