देशभर २३६५ जनामा डेंगी पुष्टि, एक जना संक्रमितको मृत्यु
काठमाण्डौंः गत पौष यता हाल सम्म देशभर २३६५ जनामा डेंगी संक्रमण देखिएको र हाल सम्म १ जनाको मृत्यु भएको इडीसीडीले जनाएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार दिएको अपडेट अनुसार डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको जनाएको हो ।
इडीसीडीका अनुसार मृत्यु हुनेलाई डेंगीका साथै अन्य रोग पनि रहेको थियो । हाल सम्म ७३ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा बढी काठमाडौंमा २८७ जनामा डेंगी पुष्टि भएको छ । कास्कीमा १३७ र झापामा १३३ जनामा देखिएको इडीसीडीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ ०७:०६
प्रतिक्रिया दिनुहोस्