Swasthya Awaj
देशभर ३३३९ जनामा डेंगी संक्रमण २ जनाको मृत्यू

काठमाण्डौंः गत पौष यता हाल सम्म देशभर ३३३९ जनामा डेंगी संक्रमण देखिएको र हाल सम्म २ जनाको मृत्यु भएको इडीसीडीले जनाएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार दिएको अपडेट अनुसार डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको जनाएको हो । 

इडीसीडीले सोमबार दिएको जानकारी अनुसार यो वर्ष हालसम्म ३३३९ जना संक्रमित भइसकेका छन् । ७३ जिल्लामा डेंगी पुष्टि भएको छ भने एक जिल्लामा ५०० भन्दा बढी डेंगी संक्रमित रहेका छन् ।

पछिल्लो विवरणअनुसार तनहुँमा सबभन्दा बढी ६५६ जना डेंगी संक्रमित पाइएका छन् । त्यस्तै काठमाडौंमा ३३२ जनामा डेंगी पुष्टि भएको छ भने कास्कीमा २१२ जना रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update