Swasthya Awaj
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नव निर्मित शैक्षिक भवन उद्घाटनको तयारीमा

काठमाडौँः जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नव निर्मित शैक्षिक भवन उद्घाटनको तयारीमा रहेको बताएको छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीद्धारा उद्घाटन गर्न लागेको बताएका छन ।

सरकारी स्वामित्वमा रहेको पश्चिम नेपालकै सबै भन्दा ठुलो प्रतिष्ठानले हाल चिकित्सा शिक्षाशास्त्र तर्फको स्नातक तथा स्नातकोत्तर तहको अध्यापन सुरु गराई रहेको र शैक्षिक भवन अभाव भएको हुँदा भवन निर्माण गरे पनि प्रतिष्ठानको गुरु योजना अनुरुपको शैक्षिक भवनहरु निर्माण नभए सम्म भवन अभाव भई कार्यक्रम संचालनमा कठिनाई हुने रजिष्ट्रार महतले बताएका छन ।  

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले भवन यहि भदौ महिनाको अन्तिम साता प्रतिष्ठानका कुलपति अर्थात प्रधानमन्त्रीलाई बोलाएर उद्घाटन गराउने योजना रहेको बताउँछन् । प्रतिष्ठानले स्वदेशका मात्रै होईन, विदेशी विश्वविद्यालय र प्रतिष्ठानसंग पनि सहकार्य गर्दै आफ्नो पहिचानलाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याएको उपकुलपति डा रावल बताउँछन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update