Swasthya Awaj
गार्जिया कम्बोजिया नामक दुब्लाउने औषधी खाँदा अस्पतालमा भर्ना

बुटवलः अनलाइनबाट मगाइएका तौल घटाउने औषधी खाँदा ३ जना विरामीले आईसीयुमा भर्ना गर्नु परेको छ । बुटवलमा विभिन्न माध्यामबाट मगाइएका ति तौल घटाउने दावि गरिएका औषधी खाँदा इमर्जेन्सीमा भर्ना गरेर उपचार गर्नुपरेको लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. नन्दु पाठकले बताएका छन।

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा १ जनाको क्याबिनमा सारेर उपचार भैरहेको डा. पाठकले बताए।गार्जिया कम्बोजिया नामको औषधी खाएकी सृष्टि सेन ठकुरीको उपचार भैरहेको छ ।यस्तै एक जना सोही औषधी खाएका विरामीको पाल्पाबाट अहिले काठमाण्डौमा रिफर गरी उपचार भैरहेको हो भने एक जनको नेपालगञ्जमा उपचार भैरहेको डा पाठकले बताए । औषधी खाएकी सृष्टि सेन ठकुरीले आफुलाई पनि साथीले मगाइदिएको र खाएको बताईन् ।

क्याप्सुलको रुपमा रहेको यो औषधी खाना खाना भन्दा ४५ मिनेट पहिला १÷१ गोली १ महिना सम्म र डेढ÷डेढ गोली गरेर खानुपर्ने भन्दै आइएको थियो । सामाजिक सञ्जालमा देखेर सोही अनुसार मगाएर दुब्लो बनाउने भन्दै खाएको कारण इमर्जेन्सीमा राखेर उपचार गर्नुपरेको चिकित्सक पाठकको भनाई  छ । अहिले अस्पतालमा उपचारमा आएका ३ जना पात्र भएको र अरुपनि हुन सक्ने भएकोले सजग हुन र यस्ता औषधी प्रयोग नर्गन डा. पाठकले सुझाब दिएका छन ।

यो औषधी खाने विरामीले पहिला जन्डीस देखियो, विस्तारै शरिर कमजोर हुँदै जाने, किड्नीमा समेत असर पर्ने गरेको पाइएको डा. पाठकको भनाई छ । लामो समय सम्म यसको सेवन गर्नाले मानिसको मृत्यु समेत हुन सक्ने अनुमान गरिएको उनको भनाई छ। मान्छेको स्वास्थ्यमा यस्तो गम्भिर असर पार्ने औषधी खुलेआम बेचबिखन भई राख्दा पनि सरोकारवाला मौन नबसि आवश्यक कारबाही गर्नु पर्नेमा उनले जोड दिएका छन । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update