काठमाडौँ: चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमबीबीएस) अध्ययनका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार विहान चिकित्सा शिक्षा आयोगले नतिजा सार्वजनिक गरेको हो।
चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१।०५।१४ गतेको संयुक्त बैठकको निर्णयवाट योग्यताक्रम अनुसार प्रकाशन गरिएको बताइएको छ ।
परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको बताइएको छ । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको छ ।
शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तह भर्नाका लागि विद्यार्थी छनौट गर्न मिति २०८१ भदौ १ गते परीक्षा सञ्चालन गरिएको थियो। एकीकृत प्रवेश परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये योग्यताक्रमका आधारमा भर्ना पाउनेछन्।