Swasthya Awaj
नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी क्यान्सर पिडीत महिलाको मृत्यु

काठमाडौँ: हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फाल्दा एक जना क्यान्सर बिरामी महिलाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङ शनिबार अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाबाट हामफालेकी थिइन्।

उनको पाटन अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो। हामफालेर गम्भीर घाइते भएसँगै उनलाई पाटन अस्पतालमा लगिएको थियो ।

आइतबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । हरिसिद्धिमा तामाङको थाइराइड क्यान्सरको उपचार भइरहेको थियो । प्रहरीले उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update