Swasthya Awaj
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मा पाए कृष्ण पाठकले

पोखरा: गण्डकीमा कृष्ण पाठकले स्वास्थ्य मन्त्रालयको जीम्मेवारी पाएका छन्।  गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन्। एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रुपमा शपथ लिएका छन्।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update