Swasthya Awaj
सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्था तथा अस्पतालाई सार्वजनिक विदामा दिनमा बहिरंग (ओपीडी) सेवा सुचारु गर्न निर्देशन दिएको छ । १६ भदौंमा स्वास्थ्य मन्त्रालयले मन्त्रालस्तरीय निर्णय गर्दै ओपीडी सेवा अनिवार्य रुपमा प्रवाह गर्न भनेको हो ।

यसअघि सरकारी स्वास्थ्य संस्था तथा अस्पतालहरुले सार्वजनिक विदाका दिनमा इमर्जेन्सी सेवामात्रै उपलब्ध गराउँदैं आएका थिए । अब यो परिपत्रसँगै सरकारी स्वास्थ्य संस्थाहरुले सार्वजनिक विदाका दिनमा पनि ओपीडी सेवा बन्द गर्न पाउने छैनन् । यसअघि ७ भदौंमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सार्वजनिक विदाका दिनमा सरकारी स्वास्थ्य संस्था र अस्पतालमा बहिरंग सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो ।

उक्त पत्रपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयस्तरीय निर्णय गर्दै सबै सरकारी स्वास्थ्य संस्था र अस्पतालहरुलाई सार्वजनिक विदाका दिनमा पनि ओपीडी सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update