काठमाडौँ: राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० अनुसार नेपालमा वार्षिक रुपमा १५ सय बालबालिकामा क्यान्सर हुने अनुमान गरिएको छ । तीमध्ये एक तिहाइ मात्रै पत्ता लागेको अनुमान सो रणनीतिमा उल्लेख छ । यस्तै, वयस्कमा हुने क्यान्सरभन्दा बालबालिकामा हुने क्यान्सरहरू रोक्न थोरै मात्र उपायहरू हुन्छन् ।
बालबालिकामा हुने क्यान्सर प्रारम्भिक निदान र उपचारमा केन्द्रित रहेको उल्लेख छ । बालबालिकामा हुने क्यान्सरको प्रारम्भिक निदानमा, प्रारम्भिक चेतावनी सङ्केत र लक्षणहरूमा आधारित प्रारम्भिक पहिचान हुन आवश्यक रहेको रणनीतिमा उल्लेख छ ।
विगत एक दशकको अवधिमा क्यान्सर रोगीहरू १३ प्रतिशतले वृद्धि भएका छन् । नेपालमा हुने कूल मृत्युमध्ये दुई तिहाइ भन्दा बढी हिस्सा (७१ प्रतिशत) नसर्ने रोगहरूको कारणले क्यान्सर हुने गर्दछ जसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको पाइएको रणनीतिमा उल्लेख छ ।
रणनीति अनुसार नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार जना नयाँ बिरामीहरू देखा परेका थिए भने १४ हजार भन्दा बढीले क्यान्सरकै कारण ज्यान गुमाएका थिए । नेपालमा धेरै देखिने क्यान्सरहरूमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर, पाठेघरको क्यान्सर लगायत रहेका छन् ।
रणनीति हेर्न यहाँ क्लिक गर्नुहोस ।