बीमामा आवद्ध बिरामीलाई जथाभावी रिफर गरे भुक्तानी नदिने बोर्डको चेतावनी
ललितपुरः स्वास्थ्य बीमा बोर्डले जथाभावी बिरामीको रिफर गरे भुक्तानी नदिने चेतावनी दिएको छ । सबै सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई बोर्डले पत्राचार गरेको छ । आफ्नो स्वास्थ्य संस्थामा सेवा उपलब्ध हुँदाहुँदै पनि निजी स्वास्थ्य संस्थामा रिफर गर्ने गरेको पाइएको बोर्डको आरोप छ।
यस्तो कार्य स्वास्थ्य बीमा ऐन, नियमावली तथा कार्यविधि विपरीत रहेको बोर्डको भनाइ छ । अब उप्रान्त आफ्नो स्वास्थ्य संस्थामा सेवा उपलब्ध हुँदाहुँदै बिरामी निजी अस्पतालमा रिफर नगर्न बोर्डले निर्देशन दिएको छ । रिफर गर्नै परे काणर खुलाएर मात्रै गर्न भनिएको छ।
यसरी जथाभावी रिफर गरी गरिएको उपचारबापतको रकम दावी मूल्यांकन तथा रुजु गर्दा शोधभर्ना नहुने चेतावनी बोर्डले दिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१ ०५:२७
प्रतिक्रिया दिनुहोस्