Swasthya Awaj
‘रहस्यमय ज्वरो’ ले बिहारमा ३ दिनमा ३ बच्चाको मृत्यु, नेपालमा पनि सजकता अपनाउन आवश्यक

एजेन्सीः  भारतको बिहार राज्यको अररिया जिल्लाको रानीगञ्ज गाउँमा पछिल्ला ३ दिनमा ज्वरोका कारण ३ बालबालिकाको निधन भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चिकित्सा विज्ञहरूले मृत्युको कारण पत्ता लगाउने कोसिस गरिरहेका छन् । बालबालिकाको मृत्यु ‘एक्युट इन्सेफलाइटिस सिन्ड्रोम’ (एईएस)का अर्थात् मस्तिष्क ज्वरोका कारण भएको आशङ्का गरिएको छ । मर्नेमा ४ वर्षको बालक, ७ वर्षकी बालिका र २ महिनाको बालक छन् । 

शनिबार, आइतबार र सोमबार गरेर ज्वरोका कारण बालबालिकाको मृत्यु भएपछि गाउँ नै त्रस्त बनेको छ । मृत्यु हुनुअघि बालबालिकाहरूमा खोकी–ज्वरो र निमोनिया जस्ता लक्षण देखिएको बताइएको छ । गाउँका अन्य बालबालिकामा पनि यस्ता लक्षण देखिएका छन् कि भनेर चिकित्सकहरूको एउटा टोली खटाइएको छ । जिल्लाका सिभिल सर्जनहरूले पनि स्थितिको निगरानी गरिरहेका छन् । 

बालबालिकाहरूको अन्तिम संस्कार गरिसकेकोले मृत्युको सही कारण पत्ता लाग्न नसकेको समाचारमा उल्लेख छ । सो गाउँमा अन्य तीन जना बालबालिकामा पनि यस्तै लक्षण देखिएको छ । डाक्टरहरूले  उनीहरूको अवस्थालाई लगातार निगरानी गरिरहेका छन् । नेपाल र भारतको सिमा जोडिएको र सहज आवजावत हुने भएको हुँदा सबैलाई सजक हुन बिज्ञले राय दिएका छन । 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update