बीएण्डसी मेडिकल कलेज, मधेश, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएसमा पाए ५०।५० सिट
काठमाडौं: चिकित्सा शिक्षा आयोगले तीन सरकारी प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सिट तोकेको छ। आयोगले बीएण्डसी मेडिकल कलेज, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यही शैक्षिक सत्र देखि एमबीबीएस अध्यापन सुरु गर्ने गरी सिट निर्धारण गरेको हो।
आयोगले चार वटै प्रतिष्ठानलाई ५०/५० जना विद्यार्थी पढाउन मिल्ने गरी सिट निर्धारण गरेको हो । यी चार वटै संस्थाले एमबीबीएस अध्ययनका लागि पहिलो पटक सिट पाएको हुन्।
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१ १६:२३
प्रतिक्रिया दिनुहोस्