Swasthya Awaj
कर्णालीको दिक्षान्त समारोह स्थगित गरेर एतिहासिकै झुट प्रधानान्त्री बने ओली, तयारी खर्च र विद्यार्थीको खर्च तिराउन संसदमा माग

जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको यही भाद्र २३ हुने भनिएको प्रथम दीक्षान्त समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आछि स्थगित गरिएको भनिए पनि प्रधानमन्त्रीले बहाना बनाइ एतिहासिकै झुट प्रधानान्त्री भएको संघिय सांसद ज्ञानेन्द्र शाहीले बताएका छन ।

सांसद शाहीले प्रधानमन्त्री ओलीले दीक्षान्त समारोह कार्यक्रम अन्तिम समयमा स्थगित गराइ विद्यार्थीलाई क्षति गराएको र तयारी खर्च गराएको भनि निजको निजि सम्पत्तिबाट तिराउनु पर्ने भन्दै संसदमा आपत्ती जनाएका छन । 

प्रथम दीक्षान्त समारोह स्थगित भएपछि दीक्षित हुन यहाँ आएका विद्यार्थीहरू निराश भएर घर फर्किएका छन।  विद्यार्थी मात्र होइन, कार्यक्रममा सहभागी हुन आएका पाहुनाहरूले समेत कार्यक्रम स्थगित भएको सूचना समयमै नपाउँदा आक्रोश पोखेका छन्  ।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अबस्थाको बहाना बनाएको र आईरबार दिनभर उनि कार्यक्रममा सहभागी भएको देखिएको हुँदा प्रधानमन्त्रीले झुटो बोलि कर्णालीको तयारीको खर्च र बिद्यार्थीको खर्च बढाएकोले प्रधानमन्त्रीको गैरजिम्मेवारी देखिएको भनि सर्वसाधारण तथा बिद्यार्थीले असन्तुष्ठ ब्यक्त गरेका छन । 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update