Swasthya Awaj
१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा कटौती भएपछि कोसीका पूर्वमुख्यमन्त्रीले थाले सरकारविरूद्ध अनसन

बिराटनगरः कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विराटनगरमा सरकार विरूद्ध अनसन सुरू गरेका छन्। कांग्रेस नेता समेत रहेका उनले मंगलबारबाट विराटनगरमा सरकार विरूद्ध अनसन सुरू गरेका हुन्।

आफू मुख्यमन्त्री हुँदा ७ माघ २०८० देखि कार्यान्वयनमा ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार योजना हालका मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्कीले प्रदेशसभा नजिकै अनसन थालेका हुन्। जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा आसपास निषेधाज्ञा लगाएको छ। त्यस आसपास नै उनी अनसनमा बसेका हुन्।

पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे सरकारविरूद्ध अनसन बस्ने चेतावनी दिएका थिए। पूर्वमुख्यमन्त्री कार्की नेतृत्वको सरकारले प्रदेशभरीका १० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम सञ्चालन गरेको थियो।

यो पनि पढ्नुहोस । 

कोशीका पूर्वमुख्यमन्त्रीले वर्तमान मुख्यमन्त्रीलाई ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update