स्वास्थ्य मन्त्रालयद्धारा आफू मातहतको जग्गाको विवरण पठाउन सबै सरकारी अस्पतालाई गर्यो पत्राचार
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहत रहेको जग्गाको विवरण माग गर्दै सबै विभाग, केन्द्र, अस्पताल र प्रयोगशालालाई पत्राचार गरि विवरण १५ दिनभित्र पठाउन पत्राचार गरेको छ। ती जग्गाको संरक्षण तथा उचित व्यवस्थापनका लागि प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेर काम थालेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले विभिन्न निकायका नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतको विवरण पठाउन पत्राचार गरेको छ।जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको थाहा भएमा मोवाईल नम्बर ९८५१२६४५५५ वा मन्त्रालयको इमेल ठेगाना [email protected] मा पठाई सहयोग गर्न अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।
यस्तो छ मन्त्रालयले पठाएको पत्र
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१ ०६:०२
प्रतिक्रिया दिनुहोस्