Swasthya Awaj
आजदेखि बाँकेमा कोभिड–१९ विरुद्धको 'फाइजर बाइभ्यालेन्ट' खोप लगाइँदै

बाँकेः बाँकेमा आजदेखि असोज ४ गतेसम्म कोभिड–१९ विरुद्धको 'फाइजर बाइभ्यालेन्ट' खोप लगाउन कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताएका छन ।  

भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर नगरपालिकाकाको नगर अस्पतालमा 'फाइजर बाइभ्यालेन्ट' खोप लगाउने तयारी भएको छ । 

१२ वर्ष भन्दा माथिका नागरिकहरुले बुष्टर डोजका रुपमा फाइजर बाइभ्यालेन्ट खोप लगाउन सक्ने पनि शाहीले बताए । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार जिल्लामा ३० हजार डोज 'फाइजर बाइभ्यालेन्ट' खोप आएको छ ।

खोप लगाउने लक्षित वर्गको तुलनामा खोपको मात्रा कम छ । तर प्राप्त खोपलाई प्रभावकारी ढंगबाट लगाउने गरि योजना बनाइएको उनले बताए । 

कोरोना संक्रमणबाट जोगाउन यो खोप अत्यन्तै प्रभावकारी भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । कोभिड फोकल पर्सन समेत रहेका श्रेष्ठले गत आर्थिक वर्षमा जिल्लामा १९ जनामा कोभिड संक्रमण देखिएको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update