Swasthya Awaj
शिक्षा मन्त्रालयले सार्वजनिक गरेको पत्रप्रति बंगलादेशमा मेडिकल पढिरहेका विद्यार्थीको आपत्तिः यस बिषयमा अविलम्व पहल नगरे आन्दोलीत हुने चेतावनी

काठमाडौं: शिक्षा मन्त्रालयले सार्वजनिक गरेको पत्रप्रति बंगलादेशमा मेडिकल पढिरहेका विद्यार्थीको आपत्ति जनाएका छन ।बंगलादेशको परराष्ट्र मन्त्रालयले त्यहाँको बंगलादेश मेडिकल एण्ड डेन्टल काउन्सिललाई उद्घृत गर्दै पठाएको जवाफ नेपालमा शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ। यसप्रति उनीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

 

उक्त जवाफमा बंगलादेशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन् विदेशी विद्यार्थी त्यहीं स्थित अध्ययन गरेकै मेडिकल कलेजमा इन्टर्नसिप पूरा गर्नुपर्ने  भनिएको छ। उता रजिस्टर्ड गर्न नचाहेर आफ्नै देशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन् आफ्नै देशमा इन्टर्नसिप गर्न मिल्ने कि न मिल्ने  उल्लेख छैन।

ty-1726381916.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update