Swasthya Awaj
अख्तियारको वार्षिक प्रतिवेदन अनुसार स्वास्थ्य मन्त्रालयमा गत आ.ब.  को अन्तिम सम्म ६०२ वटा उजुरी

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयविरुद्ध भ्रष्टाचारका ६०२ वटा उजुरी परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १३४ उजुरीसमेत गरी स्वास्थ्य मन्त्रालयविरुद्ध सङ्ख्या ७३६ छन् ।

यो उजुरी गत वर्ष अख्तियार आयोगमा परेको उजुरीमध्ये ५.८३ प्रतिशत हो । आयोगमा संघीय मन्त्रालयविरुद्ध १२ हजार ६२३ वटा उजुरी रहेका छन् । सोमध्ये ३ हजार १३१ उजुरी अघिल्लो वर्षका उजुरी सरिएको र ९ हजार ३९२ उजुरी गत वर्ष परेका थिए

यस्तै, गृह मन्त्रालयविरुद्ध ९.९५, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयविरुद्ध ९.६९, अर्थ मन्त्रालयविरुद्ध ५.९७, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयविरुद्ध ४.०१, पर्यटन मन्त्रालयविरुद्ध ३.५०, सञ्चार मन्त्रालयविरुद्ध ३.३४ प्रतिशत उजुरी परेको सो प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, उद्योग मन्त्रालयविरुद्ध २.२२ र अन्य मन्त्रालय तथा निकायविरुद्ध ३३.६५ प्रतिशत उजुरी परेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update