Swasthya Awaj
स्वास्थ्य मन्त्रालयको कार्यभार कानून मन्त्री चौरसियालाई

काठमाडौ: स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अनुपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार चौरसियालाई स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी तोकेका हुन् ।

मन्त्री पौडेल इण्डोनेसियाको जाकार्तामा आयोजना हुने पाँचौँ मन्त्रीस्तरीय बैठक एवं बाह्रौँ उच्च अधिकारीहरुको बैठकमा सहभागी हुन ८ असोज (हिजो) त्यसतर्फ लागेका छन् ।

गत असार अन्तिममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका पौडेलको जिम्मेवारी सम्हालेपछिको यो पहिलो विदेश भ्रमण हो ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update