Swasthya Awaj
कम विकसित राष्ट्रहरुमा एएमआरको समस्या बढी, सहयोग र सहकार्य बढाउन डब्लुएचओ क्षेत्रीय निर्देशक साइमा वाजेदको आग्रह

एजेन्सीः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को क्षेत्रीय निर्देशक डा साइमा वाजेदले कम तथा अति कम विकसित देशहरुमा एन्टीमाइक्रोबियल रेसिस्टेन्सको समस्या बढी भएकाले यी देशहरुमा सहयोग र सहकार्य बढाउन आवश्यक रहेको बताएकी छिन्

डा वाजेदले संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा एएमआरको उच्चस्तरीय बैठकअघि आयोजना गरिएको साइड इभेन्टलाई सम्बोधन गर्दै एएमआरको समस्याबाट कम विकसित देश बढी प्रभावित भएकाले मिलेर काम गर्न र यी देशहरुलाई इग्नोर गरेर अघि नबढ्न आग्रह गरेकी हुन् । उनले भनिन, ‘एएमआरको समस्या सबैतिर छ, यो अब इन्भीजिबल रहेन तर विकसित देशमा भन्दा कम तथा मध्य आय भएका देशमा यसको समस्या बढी देखिएको छ । त्यसैले यी देशहरुलाई सँगसँगै कसरी सहयोग गर्न सकिन्छ, सो गर्न जरुरी छ ।’

उनले एएमआरको समस्या सम्बोधन गर्न एउटा मात्र सेक्टरले नसक्ने भन्दै मल्टी सेक्टोरल अप्रोचबाट यसलाई सम्बोधन गरिनुपर्ने समेत जनाइन । उनले ह्युमन हेल्थसँगै एनिमल हेल्थ, फुड तथा इन्भारामेन्टलाई पनि सँगैसँगै लिएर जानपर्नेमा जोड दिइन् ।

महासभामा एएमआरको उच्चस्तरीय बैठक आज हुने कार्यक्रम रहेको छ । जसमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update