Swasthya Awaj
भेरी अस्पताल र न्याम्स बीच एमडी।एमएस अध्यापन सम्बन्धि सम्झौता

बाँकेः भेरी अस्पताल, नेपालगंज र नेशनल ऐकेडमी अफ मेडिकल साइन्स (न्याम्स) बिच पिजी कार्यक्रमका लागि सम्झौतामा आज हस्ताक्षर भएको छ । यो सम्झौता संगै भेरी अस्पतालमा एमडी÷एमएस अध्ययनको बाटो खुलेको छ ।

न्याम्सका उपकुलपति डा.भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ‘भेरी र न्याम्सबीचको यो सम्झौता पत्रलाई एकेडेमिक काउन्सिलको आजको बैठकमा पेस गरिएको छ डा.सुवेदीले भने–‘सम्भवतः आजै पारित हुन्छ । र, २१ गते न्याम्सको सिनेटले डिसिजन गर्नेछ ।’

तीन वर्ष अघि तत्कालीन मेसु डा.प्रकाश बहादुर थापा र तत्कालीन उपकुलपति गणेश गुरुङबीच पनि भेरी अस्पतालमा एमडी।एमएस अध्ययनका लागि सम्झौता भएको थियो । सिनेटबाट पारित भने भएको थिएन ।

सम्झौताकै आधारमा न्याम्सले भेरी अस्पतालका तत्कालीन अर्थोपेडिक विभाग प्रमुख डा.विनोद थापालाई प्रोफेसर बनाएको थियो । थापा, अर्थोपेडिक सर्जनद्धय तिर्थेन्द्र खड्का र प्रकाश बहादुर थापाको अण्डरमा रहने गरी न्याम्सले ८ जना विद्यार्थी अध्ययनका लागि भेरीमा पठाएको थियो ।

सरकारले शैक्षिक दरवन्दी नपठाउँदा यो कार्यक्रम बीचमै रोकिएको थियो । भेरी अस्पतालमा संस्थागत हुन नसकेको पिजी कार्यक्रमलाई प्रमुख मेसु डा.सुवेदीले आफ्नो प्रमुख एजेण्डा बनाएर सार्थक बनाउने प्रयासमा छन् ।

तीन सय वेडमाथिका संघीय अस्पतालहरुमा पिजी कार्यक्रम सञ्चालन गर्ने नेपाल सरकारको नीति छ । सिनेटले सम्झौता पारित गरे भेरी अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरुले फ्याकल्टी पोष्ट प्राप्त गर्नेछन् । शैक्षिक एकेडेमीका हिसाबले यो भेरी अस्पतालका लागि सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हुनेछ ।

‘भेरी अस्पतालको गुणस्तरीय सेवा प्रवाहलाई सकारात्मक प्रभाव पार्नका निमित्त पनि अस्पतालमा शैक्षिक गतिविधिलाई बढाउन आवश्यक छ उनले भने–‘यो सम्झौताले मापदण्ड पूरा गरेका कन्सल्टेन्ट चिकित्सकहरुले प्राध्यापक, सह–प्रध्यापक लगायतका पोष्टहरु पाउनेछन् ।’ त्यसैको आधारमा न्याम्सले एमडी।एमएस अध्ययनका लागि भेरी अस्पताललाई विद्यार्थी संख्या पठाउने छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update