Swasthya Awaj
भोलिदेखि हुने भनिएको ओसीएमसीको प्रथम राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौँ: भोलि देखि सुरु हुने भनिएको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)को प्रथम राष्ट्रिय सम्मेलन स्थगित भएको भएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ र १४ असोजका लागि यो सम्मेलन तय गरेको थियो ।

काठमाडौँको सोल्टी होटलमा हुने भनिएको सम्मेलनको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

मन्त्रालयले आज सूचना जारी गर्दै केही दिन देखिको अविरल वर्षाका कारण उत्पन्न बाढी पहिरो डुवान लगायतका प्राकृतिक विपदले गर्दा जनजीवन गम्भीर रुपमा प्रभावित भएको र स्वास्थ्यकर्मीहरु अनवरत रुपमा स्वास्थ्य सेवामा खटिनुपर्ने भएकोले अर्को व्यवस्था नहुँदासम्मको लागि स्थगित गरिएको उल्लेख छ ।

सो सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट अस्पतालका प्रतिनिधिहरु तथा अन्य सरोकारवाला पक्षहरु गरी करीव ३०० बढीको सहभागिता हुने बताइएको थियो ।

लगातार परेको वर्षासंगै आएको बाढी पहिरोले अहिले काठमाडौँ आवत जावतमा समेत समस्या छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update