विपद् अपडेटः बाढी पहिरोमा परी देशभर १ सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
काठमाडौँ: बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय जना जनाको मृत्यु भएको छ, भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १ सय एकजना घाइते भएका छन् ।
बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु ५, पाँचथर ५, भक्तपुर ५ जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटा २, महोत्तरी २, रामेछाप १, झापा १, उदयपुर १, इलाम १, सप्तरी १ र नुवाकोटमा १ जनाको मृत्यु भएको छ ।
बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ ०७:०५
प्रतिक्रिया दिनुहोस्