Swasthya Awaj
स्वास्थ्य संस्थाको वर्गीकरण शैय्याको आधारमा नभई सेवाका आधारमा हुनुपर्छ : मन्त्री पौडेल

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाको वर्गीकरण शैय्याको आधारमा नभई सेवाका आधारमा हुनुपर्नेमा जोड दिएका छन । 

असोज १५ गते काठमाडौंमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि सार्वजनिकिकरण कार्यक्रममा मन्त्री पौडेलले अस्पतालको वर्गीकरण सेवाका आधारमा गर्नुपर्ने बताएका हुन। 

ुवीर अस्पताल र स्वास्थ्य चौकीलाई एकै समूहमा राख्न मिल्छ र ?,  ‘कुन संस्थाले कस्तो सेवा प्रवाह गरिरहेका छन्, त्यसका आधारमा त्यसलाई वर्गीकरण गर्नुपर्छ, शैय्याका आधारमा होइन’, उनले भने ।

कार्यक्रममा उनले आफूलाई स्वास्थ्य क्षेत्रमा केही गर्ने हुटहुटी चलेको तर आफू यसको वित्र नभएको बताएकाछन । उनले स्वास्थ्य सुधारमा चलेको आफ्नो हुट्हुटीमा स्वास्थ्य विज्ञ, जानकारहरुले अनुभव, सीप, क्षमता अनुसार आफूलाई सहयोग गर्नपर्ने बताएका हुन। 

उनले स्वास्थ्य बीमालाई व्यवस्थित बनाउनपर्ने बताउँदै राष्ट्रिय परिचयपत्र बनाउन बीमा अनिवार्य गर्नपर्ने सुझाव दिएका छन । बीमा व्यवस्थित भए नागरिकले निशुल्क र सहज स्वास्थ्य सेवा पाउनेमा उनी विश्वस्त छन । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update