Swasthya Awaj
स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव

काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्वास्थ्य विभागले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई १६ बुँदे सुझावपत्र बुझाएको छ ।

बिहीबार मन्त्रालयमा रास्वापकी स्वास्थ्य विभाग प्रमुख डा. तोषिमा कार्की, डा. पुष्पमणि खरालले स्वास्थ्यमन्त्री यादवललाई भेटेर उक्त सुझावपत्र हस्तान्तरण गरेका हुन् । रास्वापाको स्वास्थ्य विभागले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न डुप्लिकेसनबाट अलग गर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको दायित्वभित्र ल्याउन, स्वास्थ्य विमा कार्यक्रमलाई सशक्त, सरल र प्रभावकारी बनाउन थिंक टंयाक बनाउन, दावी प्रणालीको सफ्टवेयर परिवर्तन, स्वास्थ्य बिमा बोर्डमा जनशक्ति व्यवस्थापन गर्न, औषधीको दायरा बढाउँदैं स्टक सुनिश्चित गर्न, सेवाग्राहीका लागि हटलाइनको व्यवस्था गर्न सुझाव दिएको छ ।

यसैगरी, विभागले स्वास्थ्य शुल्क निर्धारण तथा पुनरावलोकन निकाय गठन गर्न माग गरेको छ । उसले चिकित्सक तथा स्वास्थ्यकर्मीको आवश्यक दरबन्दी सिर्जना गरी वैज्ञानिक परिचालन गर्न समेत सझुाव दिएको छ ।

स्वास्थ्य संस्थाले खरिद गरेको उपकरण अवस्था बुझ्न र टाइमलाइअनुसार परिचालन गर्न, सबै नियांमक निकायलाई गाभेर स्वास्थ्य सेवा नियमन परिषद् गठन गर्न, नेशनल हेल्थ एक्रिडिटेसन वोर्डको अवधारणा अगाडि बढाउन, प्रत्येक अस्पताल सूचना, सहायता तथा सुनुवाई कक्षको अनिवार्य व्यवस्था गर्न, पेसेन्ट सेफ्टी क्लिनिकल अडिट, सेकेण्ड ओपनियन, सुसूचित प्रेषणजस्ता कुरालाई ध्यान दिन, चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धि कानुनलाई कडाइपूर्वक पालना गर्न विगभाले मन्त्री यादवलाई सुझाव दिएको छ । यस्तै, रास्वपा स्वास्थ्य विभागले अन्य विभिन्न सुझावहरु मन्त्री यादवलाई दिएको छ ।
92728d0b-7b0c-42bf-a53f-1147b67597cc-1711619621.jpeg
274a867f-e33a-429a-9bb0-69bc09e27c62-1711619619.jpeg
6afce178-5749-4569-83c8-141417962b9e-1245x1536-1711619617.jpeg
66e072ff-c211-4d52-be6a-ff2501df7bf6-1711619616.jpeg
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update