नेपाल क्यान्सर अस्पतालले अक्टोबर महिनाभर स्तन क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत छुट दिने
ललितपुरः ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा स्तन क्यान्सर सचेतना महिनाको अवसर पारेर स्तन क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत सम्म छुट प्रदान गरीरहेको छ ।
अक्टोबर महिनाभर अस्पतालमा म्यामोग्राम गर्दा ५० प्रतिशत, ओपीडी तथा डाक्टर कन्सलटेसनमा ५० प्रतिशत तथा स्तन अल्ट्रासाउन्डमा १५ प्रतिशत छुट दिने जनाइएको छ । अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर सचेतना महिनाका रुपमा लिने गरिन्छ । सुरुमै पत्ता लागेर उपचार गरेमा स्तन क्यान्सर निको हुन्छ । त्यसैले ३० वर्ष पुगेकाले कम्तीमा वर्षमा एकपटक स्तन क्यान्सर स्क्रिनिङ गर्न अस्पतालले आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १४:४७
प्रतिक्रिया दिनुहोस्