१४ वर्ष मुनिका बालबालिकाको निः शुल्क क्यान्सर उपचार भक्तपुर क्यान्सर अस्पतालबाट सुरु
भक्तपुरः भक्तपुर क्यान्सर अस्पतालले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुर गरेको छ। अस्पतालले मंसिर २ गते देखि १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको हो ।
सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो। सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बालबालिकालाई भेटी निःशुल्क उपचार कार्ड प्रदान गरेका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ १६:०९
प्रतिक्रिया दिनुहोस्