ललितपुरः बुधबार थापाथलीमा केही सञ्चारकर्मीलाई अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट (अक्रु) नेपालको विज्ञ समूहले यहि विषयमा बुझाउने प्रयास गरेको थियो । सो समूहले सञ्चारकर्मीलाई सैद्धान्तिक ज्ञान मात्रै दिएन, प्रयोगशालामै लगेर ब्याक्टेरियाको फैलावट कसरी हुन्छ? एन्टीबायोटिकको समुचित प्रयोग गर्दा यसले कसरी काम गर्दछ भनेर नमूना नै देखायो ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (१८ – २४ नोभेम्बर)को अवसर पारेर अक्रु नेपालले सञ्चारकर्मीलाई यसबारेमा बुझाउने प्रयास गरेको हो । अक्रु नेपालकी प्रयोगशाला प्रमुख डा। सविना डंगोलले शरीरमा भएको खराब खालको ब्याक्टेरिया कसरी फैलन्छ? रगतबाट कसरी जाँच गरिन्छ भनेर देखाएकी थिईन । सो अवसरमा उनले एन्टीबायोटिक खानु अघि स्वास्थ्य समस्या भएको व्यक्तिले चिकित्सकसंग जाँच र परामर्श गर्नै पर्नेमा जोड दिईन् । उनले त्यसका लागि सचेतनाको जरुरी छ भन्दै सञ्चारकर्मीले यसबारेमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्भाह गर्न सक्ने बताईन् । ‘कृपया एन्टीबायोटिकको जथाभावी प्रयोगले हुने असर बारेमा तथ्यगत रुपमा आज नागरिक समक्ष खबर पुर्याईदिनुहोला,’ उनले भनिन् ।
त्यसअघि अक्रु नेपालकै माइक्रो बायोलोजिष्ट डा. सुलोचना मानन्धर र पब्लिक इन्गेजमेन्ट म्यानेजर अशता दाहालले प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक रेसिस्टेन्ट) भनेको के हो? यसबारेमा किन सचेतना फैलाउनु पर्ने आवश्यकता पर्यो, एन्टीबायोटिकको समूचित प्रयोग कसरी गर्न सकिन्छ? र, यो किन आवश्यक छ? भन्ने बारेमा जानकारी गराएका थिए ।
एन्टीबायोटिकको दुरुपयोगले कसरी निम्त्याउँदैछ स्वास्थ्य संकट ?
ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेजिस्ट्यान्सले सन् १९९० देखि सन् २०१९ को बीचमा हरेक वर्ष १० लाख मानिसको मृत्यु एन्टिबायोटिक प्रतिरोध कै कारणले भएको देखाएको छ । उपलब्ध तथ्याङ्कको आधारमा, प्रमुख एन्टिबायोटिकहरूको प्रतिरोध दर सन् २००१ मा लगभग १६ प्रतिशतबाट सन् २०२० मा ४४ प्रतिशतमा बढेको देखिन्छ ।
ल्यान्सेटमा प्रकाशित एउटा नयाँ अध्ययनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स ९एएमआर०ले सन् २०५० सम्ममा ३ करोड ९० लाखभन्दा बढी मानिसको ज्यान लिन सक्ने अनुमान गरेको छ । विश्व बैंकले सन् २०१७ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्सका कारण विश्वले वार्षिक ३।४ खर्बसम्म आर्थिक घाटा व्यहोर्नुपर्ने हुन सक्छ ।
त्यसैले विश्व स्वास्थ्य संगठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई १० प्रमुख स्वास्थ्य चुनौतीमा सामेल गरेको छ । एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई पराजित गर्ने उपाय भनेको एन्टिबायोटिकको विकल्प खोज्नु वा नयाँ एन्टिबायोटिक पत्ता लगाउनु हो । यी दुवै गर्न अहिलेसम्म वैज्ञानिकहरु सफल भएका छैनन् ।
पछिल्लो एन्टिबायोटिक सन् १९८७ मा पत्ता लागेको थियो र एक एन्टिबायोटिक विकास गर्नको लागी औसत लागत १।५ बिलियन अमेरिकी डलर सम्म हुन सक्ने वैज्ञानिकले आँकलन गरेका छन् । यसर्थ पनि एन्टीबायोटिक रेसिस्टेन्स हुने अवस्थामा नपुग्नका लागि व्यक्ति स्वयं सचेत बनेर यसको समुचित प्रयोग मात्रै गर्नु पर्ने विज्ञहरु बताउँदै आएका छन् ।