Swasthya Awaj
अदालत र सिनेट भन्दा माथि वन्दै कर्णाली प्रतिष्ठानका उपकुलपति डा.मंगल

जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरुका स्तरबृद्धि रोकेको भन्दै शिक्षक तथा कर्मचारीहरु अन्दोलित वनेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखी स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको भन्दै उनिहरु उच्च अदालत सुर्खेत जुम्ला इजलास पुगेका थिए ।

प्रतिष्ठानमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीहरुको पक्षमा उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट मिति २०८१ भाद्र २६ गते फैसला उपकुलपति डा. मंगल रावलले कार्यान्वयन गर्न नमान्दा कर्मचारी तथा शिक्षकहरु आन्दोलित भएका हुन् । 

मिति २०८० भाद्र २१ गते पदाधिकारी र कर्मचारी बिच बढुवा, तलव र आदालतको आदेश कार्यान्यन गर्न भएको सहमती पत्र 

गत कार्तिक २६ गते देखी आन्दोलनमा उत्रिएका कर्मचारी तथा शिक्षकहरु संग कार्तिक २७ गते दिउसो ३ बजे पदाधिकारी र आन्दोलनरत पक्ष विच भएको दुई पक्षिय वार्तावाट ५८ जना शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदले स्तरवृद्धि गर्ने निर्णय गरि अनुमोदनका लागि सभा (सिनेट)मा पेश गर्ने निर्णय भएको थियो । कार्तिक २८ गते प्रतिष्ठानका कूलपति तथा प्रधानमन्त्री केपि शर्मा ओलिकोे अध्यक्षतामा बसेकोे सभा वैठकबाट पनि उक्त निर्णय अनुमोदन भैसकेको हुदा पनि प्रतिष्ठानका उपकुलपतिले भने कार्यान्वयन गर्न नमानेको आन्दोलनरत कर्मचारी इन्द्रराज डागीले वताए । उच्च अदालतको आदेश र प्रधानमन्त्री अध्यक्ष भएको प्रतिष्ठानको सभा वैठकले निर्णय गरिसक्दा पनि उपकुलपति रावलले नियतबस आलटाल गर्दा हामी आन्दोलित हुनुपरेको छ । उनले भने, उपकुलपति अदालत र प्रतिष्ठानको सिनेट भन्दा माथि हुँ भन्ने जस्तो घमण्ड देखाइराखेका छन् । 

पदाधिकारी र कर्मचारी बिच सहमती भई ५८ जना शिक्षक तथा कर्मचारीहरुलाई बढुवा गर्ने कार्यकारी परिषदले निर्णय 

उच्च अदालत र प्रतिष्ठानको सभा (सिनेट)ले गरेको निर्णयलाई उपकुलपति डा. मंगल रावलले कार्यान्वयन नगर्दा आन्दोलनरत कर्मचारी तथा शिक्षकले मंसिर ३ गतेबाट प्रतिष्ठानको शैक्षिक भवन, पदाधिकारी कार्यकक्ष र सम्पूर्ण प्रशासनमा तालाबन्दी गरी आन्दोलनका कार्यक्रमहरु अघि बढाएका छन् । 

प्रतिष्ठानमा ताला लागेको एक साता वित्न लाग्दा पनि उपकुलपतिलाई भने कुनै चासो र चिन्ता नभएको कर्मचारी तथा शिक्षकहरुको आरोप छ । आन्दोलनका कार्यक्रमहरु अन्तर्गत आवश्यक छलफल तथा सहजिकरणका लागि मंसिर ४ गते जिल्ला समन्वय समितिको सभाहल र  मंसिर ५ गते जिल्ला प्रशासन कार्यालयमा वसेको सर्वदलिय वैठकमा समेत प्रतिष्ठानका पदाधिकारीहरु सो विषय प्रति संवेदनशिल नभएकाले कुनै पनि निर्णय हुन सकेन । मंसिर ४ गते बसेको सर्वदलिय वैठकको निर्णय अनुसार आन्दोलनरत पक्षबाट मंसिर ५ गते देखी ओ.पि.डि.सेवा बन्द गर्ने कार्यक्रम रहेकामा ओ.पि.डि. सेवा हाललाई बन्द नगरिदिनका लागि अनुरोध गर्ने निर्णय अनुसार हाल अस्पतालका सम्पूर्ण सेवाहरु संचालनमा रहेको छन् । 

सर्वदलिय वैठकमा प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत पक्षले आन्तरिक रुपमा छलफल गरी निकासमा पुग्नु पर्ने भनिएता पनि उपकूलपति स्ंवयम उदासिन भई आन्दोलनरत पक्षसंग कुनै छलफलमा नजुटेकाले उपकूलपति आन्दोलन प्रति संवेदनशील नभएको देखिन्छ । 

उपकूलपति स्वंयम २०७४ चैत्र ९ गते कार्यकारी परिषदको निर्णयबाट मात्र बढुवा भई मिति २०७७ पुष २० गते प्रतिष्ठानको कुनै पनि नियममा नभएको थप जिम्मेवारी  सोही कार्यकारी परिषद्बाट लिई उपकूलपति पदमा नियुक्त भई हालसम्म उपकुलपति वनेका हुन् । आन्दोलनरत कर्मचारीले भने '२०८० सालमा उच्च अदालतको आदेशमा प्रतिष्ठानका सोही प्रक्रितिका १० जना कर्मचारीहरुलाई कार्यकारी परिषदको निर्णयबाट बढुवा गरि सकेको र हामीलाई बिबेदपूर्ण ब्यबहार देखाएको हुँदा हामी आन्दोलनमा लागेका हौं ।' 

२०८१ कार्तिक २७ गते शिक्षक तथा कर्मचारीहरुलाई कार्यकारी परिषदले बढुवा गर्ने निर्णय गरी कार्तिक २८ गतेको सभाको वैठकले समेतले सो निर्णय अनुमोदन गरी सक्दा पनि उपकूलपतिले व्यक्तिगत स्वार्थका कारण शिक्षक तथा कर्मचारीहरुलाई बढुवा गर्न आलटाल गरिरहेका छन् ।

तालाबन्दी भएको ५ औं दिनमा पदाधिकारी पक्षबाट कुनै पनि प्रतिक्रिया नआए पछि आज प्रेश बिज्ञप्ती जारी गर्दै उपकुलपतिको आवाश अगाडी नाराबाजि समेत लगाएका छन । 

आन्दोलनरत शिक्षक तथा कर्मचारीले भने समयमै हाम्रा माग सम्बोधन नभएको खण्डमा अगामी दिनमा आन्दोनलाई थप शसक्त र  कडा वनाउदै लैजाने आन्दोलरत कर्मचारी तथा शिक्षकले वताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update