Swasthya Awaj
चिकित्सा शिक्षा आयोग बैठकबाट सीटीईभीटी अन्तर्गत ४३ वटा कलेजलाई सम्बन्धन र सिट निर्धारण, ७ कलेजलाई आशयपत्र (सूचीसहित)

भक्तपुरः प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभीटी) अन्तर्गत विभिन्न विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४३ वटा कलेजको सम्बन्धन र सिट निर्धारणको निर्णयसँगै ७ वटा कलेजलाई आशयपत्र प्रदान गर्ने निर्णय समेत गरेको छ।

आयोग बैठकले सम्बन्धन र सिट निर्धारण गरेको ४३ वटा कलेजमध्ये १६ वटा कलेजमा नयाँ कार्यक्रम तर्फ रहेको छ भने २७ वटा कलेजमा थप कार्यक्रम तर्फ रहेको छ। यसैगरी, बैठकले कर्णाली प्राविधिक शिक्षालय जुम्ला, निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दीया र सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय दाङलाई प्रयोगात्मक अभ्यासका लागि अस्पतालको व्यवस्था भएपछि सिट निर्धारण गर्ने सकिने निर्णय पनि गरेको छ ।  

आयोगले सीटीईभीटीबाट आएको सिफारिसको मूल्यांकन गर्दै उक्त निर्णय गरेको हो। यसरी आशयपत्र र सम्बन्धन पाउने कलेजहरुमा अधिकांश कलेजबाट उत्पादित जनशक्ति फार्मेसी काउन्सिल र स्वास्थ्य व्यवसायी परिषदमा दर्ता हुने छन्। 

कलेजहरुको नामावली र सिट संख्या 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update