मेडिकल व्यवसायी बिशाल पण्डितविरुद्ध विशेष अदालतमा मुद्दा
कोशीः स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध विशेष अदालत मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेडिकल ब्यबसायी विशाल पण्डित का बिरुद्ध बेलाबेला अनियमितमा अख्तियार र अदालतमा मुद्धा पर्दै आई रहेको छ । यस बारेमा पण्डितलाई टेलिफोन सम्पर्क गर्दा निजले यसका बारेमा आफु केही पनि बोल्न नचाहेको बताएका छन ।
कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार मुद्दा दायर गरेको हो ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० १६:०३
प्रतिक्रिया दिनुहोस्