Swasthya Awaj
स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फको सचिवमा मधुसुदन बुर्लाकोटी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा मधुसुदन बुर्लाकोटीले जिम्मेवारी पाएका छन्। सचिव बुर्लाकोटी उपराष्ट्रपतिको कार्यालयबाट सरुवा भएका हुन्। सचिव बुर्लाकोटीले आफूले पत्र बुझिसकेको जानकारी दिए। 'पत्र बुझिसकेको छु। बुधबार गएर जिम्मेवारी सम्हाल्छु,' उनले भने।

स्वास्थ्य मन्त्रालयमा दुई जना सचिवको दरबन्दी रहेको छ। प्रशासन तर्फको सचिव देवकुमारी गुरागाईंले फागुन अन्तिम साता अवकाश पाएपछि उक्त पद रिक्त थियो। रिक्त रहेको स्थानमा मन्त्रिपरिषदले बुर्लाकोटीलाई जिम्मेवारी दिएको हो। बुर्लाकोटीले यसअघि सहसचिवका रुपमा स्वास्थ्यमा काम गरेका थिए।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update