Swasthya Awaj
दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु : स्वास्थ्यमन्त्री पौडेल
दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु : स्वास्थ्यमन्त्री पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउना साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
एक जना तनहुँका डेंगी संक्रमणमीतको मृत्यु
एक जना तनहुँका डेंगी संक्रमणमीतको मृत्यु स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा  (ईडीसीडी) का अनुसार २ हजार ३ सय ६५ जना सङ्क्रमित मध्ये तनहुँका ५० वर्षीय एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगी सङ्क्रमण फैलिएको छ।
आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार
आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको छ ।
गोरखा जिल्लामा स्क्रब टाईफसबाट ५० जना सङ्क्रमित
गोरखा जिल्लामा स्क्रब टाईफसबाट ५० जना सङ्क्रमित गोरखा जिल्लामा स्क्रब टाईफसका ५० जना मानिसहरू सङ्क्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ५० जनामा स्क्रब टाईफसको संक्रमण पुष्टि भइसकेको छ ।
क्यान्सर उपचारमा गम्भीर त्रुटि हुँदा बिरामीको मृत्यु, दुई जना नर्स निलम्बनमा
क्यान्सर उपचारमा गम्भीर त्रुटि हुँदा बिरामीको मृत्यु, दुई जना नर्स निलम्बनमा बिरामीको उपचारमा गम्भीर त्रुटि भेटिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दुई जना नर्सलाई निलम्बन गरेको छ । सोही केशमा अस्पतालले अरु दुई जना चिकित्सक र २१ जना नर्सलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।
दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने
दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र बनाइने तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको सहयोगमा अस्पतालमा सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो ।
विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।
मणिपाल कलेज अफ मेडिकल साइन्सेसलाई तत्काल कारबाही नगर्न सर्बोच्चको आदेश
मणिपाल कलेज अफ मेडिकल साइन्सेसलाई तत्काल कारबाही नगर्न सर्बोच्चको आदेश पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसलाई तत्काल कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नक्सा पासको १९ करोड ८१ लाख ११ हजार पोखरा महानगरपालिकालाई तिर्न बाँकी रहेको उल्लेख गरेपछि उक्त रकम तिर्नुपर्ने नरहेको भन्दै मणिपाल असार १८ गते मंगलबार सर्वोच्च अदालत पुगेको थियो ।...
मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएको भन्दै पोखरा महानगरमा अख्तियारको छापा
मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएको भन्दै पोखरा महानगरमा अख्तियारको छापा पोखराको मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको टोलीले मंगलबार महानगरपालिकाको कार्यालयमा छापा मारेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम संचालन गर्न माग गर्यो फ्याकल्टी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम संचालन गर्न माग गर्यो फ्याकल्टी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस कार्यक्रम संचालन गर्न फ्याकल्टी माग गर्दै आवेदन खुलाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा विज्ञान संकायले चिकित्सा शिक्षा तर्फको स्नातक तहको शैक्षिक कार्यक्रम एमबीबीएस सञ्चालनका लागि विभिन्न विषयका फ्याकल्टी माग गर्दै आवेदन खुलाएको हो। 
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियूक्त
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियूक्त गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दासलाई नियूक्त गरेको हुन । सुन्दासले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 
Weather Update